कालिका

चितवनको कालिका नगरपालिकामा खुल्यो स्नातक तह पढाइ हुने पहिलो नीजि कलेज

Banner

पुजा ढकाल,

चितवन, भदौ ३-

चितवनको कालिका नगरपालिकामा पहिलोपटक स्नातक तह पढाइ हुने नीजि कलेज सञ्चालनमा आएको छ । कालिका नगरपालिका ७ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चितवन कलेज औपचारिक रुपमा संचालनमा आएको हो ।

नगरपालिका भित्र १२ कक्षा सम्म पढाइ हुने ९/१० वटा स्कूल कलेज रहेका छन् । तर स्नातह तह पढाइ हुने क्याम्पस नहुँदा नगरपालिकाका विद्यार्थी पढ्नकै लागि भरतपुर तथा रत्ननगर जानुपर्ने बाध्यता थियो । पालिका भित्रै बिबिएस अध्ययापन हुने कलेज संचालनमा आएपछि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

स्थानीय स्तरमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कलेज संचालनमा ल्याइएको संचालक मञ्जु सिंखडाले जानकारी दिनुभयो । कलेजले पहिलो ब्याजका विद्यार्थीलाई अध्यापन गराइरहेको छ । पहिलो बर्ष ढिलागरी कक्षा संचालनमा आएपनि १७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

कलेजमा शान्त वातावरणमा दक्ष र अनुभवी शिक्षक मार्फत पठनपाठन हुने सिंखडाले बताउनुभयो । कलेजमा विद्यार्थीका लागि लाइबेरी,खेलमैदान,क्यान्टिन लगायत अन्य आवश्यक सेवा सुविधाहरु उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

‘यो क्षेत्रका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जंगलको बाटो भरतपुर जानुपर्ने बाध्यता छ,उहाँले भन्नुभयो’,कतिपय विद्यार्थी त कोठा भाडामा लिएर बन्ने गरेका छन् ।’ उहाँले आफ्नै घर ठाँउमा अध्ययन गर्दा कोठा भाडा,गाडी भाडा लगायत अन्य खर्चको समेत बचत हुने बताउनुभयो । एक/डेढ घण्टाको यात्रा गरेर कलेज जाँदा समयको समेत बचत नहुने अहिलेको अवस्थामा यहाँ अध्ययन गरेपछि बचत समय अन्य काममा सदुपयोग गर्न सकिने उहाँको धारणा छ ।

कलेज स्थापना पछि अध्ययन गर्न आउने कालिका नगरपालिकाका सबै वडा र रत्ननगर नगरपालिकाका पनि विभिन्न वडाका विद्यार्थी लाभाम्वित हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>