कालिका

निवर्तमान मेयर र स्वकिय सचिव बिरुद्ध उजुरी

Banner

चितवन,साउन ३१-

चितवनको कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपि) र उनका स्वकिय सचिव (पिए) दिपक लामिछाने विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ । उनिहरु विरुद्ध करोडौं रुपैंया  भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं. सी ००७१२८ मा उजुरी दर्ता भएको आयोग श्रोतले जनाएको छ ।

मेयर श्रेष्ठ र उनका पिए लामिछानेले मिलेमतोमा अकुत सम्पती कमाएको आरोप लगाइएको छ । यस अगाडी पनि  लामिछाने विरुद्ध अकुत सम्पती कमाएको आरोपमा उजुरी परेको थियो । मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार कम्प्युटर अपरेटर पदमा नियुक्त गरी नगर भित्रका हरेक विकास निर्माण र खरिद कार्यमा सेटिङ गर्ने जिम्मा दिने गरेको आरोप लगाइएको छ । श्रेष्ठ र लामिछाने विरुद्ध परेको ३ पाना लामो ३० बुद्धे उजुरीमा उनिहरुले भ्रष्टाचार गरेको भन्दै विभिन्न दाबी गरिएको छ ।  यस अघि पनि उनलाई सरकारी पल्सर मोटरसाइकलको प्राइभेट नम्बर हालेर दुरुपयोग गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको लगायतका कारण देखाउँदे अख्तियारमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>