चितवन विशेष

घैलाघारी दलित समूहको अध्यक्षमा विष्णु विश्वकर्मा

Banner

चितवन, साउन २८ –

घैलाघारी दलित समूह तदर्थ समितिको अध्यक्षमा विष्णु प्रसाद विश्वकर्मा चयन हुनुभएको छ । आज (शनिबार) सम्पन्न भेलाले ९ जना कार्यसमिति सदस्यसहित नयाँ कार्यसमिति गठन गरेको हो । समूहको उपाध्यक्षमा कृष्ण बहादुर हरिजन, कोषाध्यक्षमा बीरबहादुर छदार, सचिवमा गोपी परियार चयन हुनुभएको छ ।

भरतपुर महानगरपालिका वडा नं २३ जगतपुर घैलाघारीमा पाँच वर्ष अगाडि समूह गठन भएको थियो । फुट्दै जुट्दै आएको यो अवका दिनमा दर्ता सहित सक्रिय भएर अगाडि बढ्ने सहल्लाहकार जिवन विकले बताउनुभयो । उहाँले भदौ १ गते तदर्थ समिति भङग गरी नयाँ समिति बन्ने जानकारी दिनुभयो ।

दलित समुदायको संगठन नहुँदा र भएका पनि बलियो नबन्दा दलितका हक अधिकार कुण्ठित भएको उहाँको भनाई छ । ‘हाम्रो समुदाय शैक्षिक, सामाजिक, आर्थिक रुपमा पछि परेको छ,उहाँले भन्नुभयो’, हाम्रो नाममा आएको बजेटको पनि सदुपयोग भएको छैन ।’

अब घैलाघारी दलित समूहले सरकारबाट पाएको सेवा सुविधाको पूर्ण प्रयोग गर्ने विकले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>