खैरहनी

चितवनबाटै चुनाव लड्नसक्ने भन्दै एक्ला एक्लै आउन रबिले दिए ठूला दललाई चुनौती

Banner

चितवन,साउन २७-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यक परे चितवनबाटै निर्वाचन लड्न सक्ने संकेत गरेका छन् । खैरहनी नगरपालिकामा बिहिबार आयोजित पार्टीको कार्याक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताको चाहाना अनुसार आफुले निर्वाचन क्षेत्र छनोट गर्ने बताए । उनले भने’जनतालाई थाहा छ म कहाँबाट निर्वाचनमा उम्मेदवार बन्नुपर्छ भन्ने,अन्य दलहरुको तालमेलको आधारमा म निर्णय गर्छु ।


समर्थकले चितवनबाटै चुनाव लड्नुपर्छ भनेर हुटिङ गरेपछि लामिछानेले तपाईंहरुकै बीचबाट उठ्न पाउँछु कि भनेर जवाफ दिएका थिए । चुनावमा के के गरिन्छ, तपाईंहरुलाई थाहा नै छ लामिछानेले थपे, ‘चुनाव जसरी पनि जित्नुपर्छ, आफू र आफन्तलाई जिताउनु पर्ने परिपाटीबाहेक अरु कसैसँग डर छैन ।’ चुनावमा एक्लै एक्लै लड्न दलहरुलाई उनले चुनौती दिए । जुन सरकार आए पनि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले बन्द रहेको कानलाई घन्टी बजाएर खोल्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>