खैरहनी

चितवनको खैरहनीमा आमाको मृत्युपश्चात छोराले दिए बाबुबिरुद्ध जाहेरी

Banner

चितवन,साउन २५-

चितवनको खैरहनीमा आमाको मृत्युपश्चात छोराले बाबुबिरुद्ध जाहेरी दिएका छन् । खैहरनी नगरपालिका १ सिमलघारी बस्ने ४२ बर्षकी लक्ष्मी मिजारको मृत्यु भएपछि उनका छोरा राहुल मिजारले बाबु रमेश मिजार बिरुद्ध उजुरी दिएका हुन् । यही २२ गते लक्ष्मी घरको कोठा भित्र रहेको दराजको ह्याण्डलमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेकी थिइन् । आमाको मृत्युको कारण दुरुत्साहन भएको भन्दै छोराले उजुरी दिएका हुन् । उजुरीपश्चात प्रहरीले रमेश मिजारलाई पक्राउ गरेको छ । उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>