चितवन विशेष
चितवनमा एकै दिन थपिए १३ संक्रमित
०

चितवन, साउन १३-
चितवनमा पछिल्लो २४ घण्टामा १३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ३३ जनाको पसियार र १२ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । आज (शुक्रबार) संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाको ११, खैरहनी नगरपालिकाको एक र रत्ननगर नगरपालिकाको एक जना रहेका छन् ।
त्यस्तै हाल चितवनमा कोरोनाका सक्रिय संक्रमित ६२ जना रहेका छन् । जसमध्य होम आइसोलेसनमा ५७ र अस्पतालको आइसोलेसनमा ५ जना रहेका तथ्यांकमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























