कालिका

कालिकामा महिलालाई स्वरोजगार बनाउन तीनदिने कुशन बनाउने तालिम

Banner

चितवन, साउन ११–

महिलाहरुलाई स्वरोजगार बनाउने छिमेक लघुवित्त वित्तीय संस्थाले कालिका नगरपालिकाको पदमपुरमा तीनदिने डल, कुशन बनाउने तालिम आयोजना गरेको छ ।

सीप सिकाएर संस्थामा आवद्ध महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको पदमपुर शाखाका प्रबन्ध निर्देशक ऋषिराम तिमिल्सीनाले जानकारी दिनुभयो । घरको चुलोचौकामा सीमित महिलाहरुलाई लक्षित गरेर सीप मुलक तालिम आयोजना गरिएको हो । संस्थामा आवद्ध ५२ जना महिलाहरु तालिममा सहभागी छन् ।

यो संस्थाले समुहमा आवद्ध भएका महिलाहरुको अवस्थालाई अध्ययन गरेर विभिन्न खालका सीपमुलक तालिमहरु प्रदान गर्दैं आएको छ । अचाँर बनाउने तालिम, सिलाइकटाई जस्ता थोरै लगानीमा पनि राम्रो आम्दानीहुन सक्ने सीपलाई प्राथमिकतामा राखेर तालिम दिँदै आएको पदमपुर शाखाका प्रबन्ध निर्देशक तिमिल्सीनाले बताउनुभयो । आगामी दिनमा कृषि सम्बन्धि तालिम समेत दिने संस्थाको योजना छ ।

तालिमलाई स्थानीय प्रदिपा श्रेष्ठले सहजिकरण गरिरहनुभएको छ । कालिका नगरपालिकाका सबै वडा, इच्छा गाउँपालिकाका केहि वडा र रत्ननगरपालिकाका केही वडाका महिलाहरु समुह मार्फत यस छिमेक लघुवित्त वित्तीय संस्था कालिका शाखामा आवद्ध भएका छन् ।
वित्तीय संस्थाका अनुसार १ सय १९ वटा इकाईमा १८ सय ३६ जना महिलाहरु संस्थामा आवद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>