इच्छकामना

त्रिशुलीमा ट्रक खस्यो, दुई जना घाइते

Banner

चितवन, असार ३२–

चितवनको मनकामना केबुकार नजिकै ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

शुक्रबार बेलुकी काठमाण्डौबाट नारायणगढ तर्फ आउँदै गरेको ना ८ ख ८६७१ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तगरत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित केबुलकार नजिकै सडकबाट ट्रक १५० मिटर तल त्रिशुली नदि किनारमा खसेर दुर्घटना भएको हो ।

दुर्घटना परी ट्रक चालक बर्दिया जिल्ला बाँसगडी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ का दिल बहादुर चौधरी र सहचालक सोही स्थानका वर्ष २४ को सागर चौधरी घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>