इच्छकामना

स्वास्थ्य संस्थामा इच्छाकामना गाँउपालिका अध्यक्षको अनुगमन,सहज रुपमा सेवा दिन निर्देशन

Banner

कुरिनटार,असार २९-

चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका भित्रका स्वास्थ्य संस्थाहरुको छड्के अनुगमन गर्नुभएको छ । आज (बुधबार) बडा नम्बर ७ मा रहेको स्याङ्गदी आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्वर ५ मा रहेको पामडाडाँ स्वास्थ्य चौकीको मुग्लिन सेवा केन्द्र र दारेचोक स्वास्थ्य चौकीमा छड्के अनुगमन गर्नुभएको हो ।

गाँउबासीले स्वास्थ्य संस्थाबाट के कस्तो स्वास्थ्य सुविधाहरु प्राप्त गरेका छन् त्यसबारे जानकारी लिन स्थलगत निरीक्षणमा गएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,सबै नागरिकलाई सहज रुपमा स्थानीय स्तरमै स्वास्थ्य सुविधा प्रदान गर्ने उदेश्य हो,त्यसका लागि अनुगमन पश्चात योजना निर्माण गरिनेछ ।’ सो क्रममा केही स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरु भेटिएका थिएनन् ।

इच्छाकामना ७ मा रहेको स्याङ्गदी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत ३ अहेव मध्य १ जना मात्र भेटिएका थिए । यस्तै इच्छाकामना ५ मा रहेको पामडाडाँ स्वास्थ्यचौकीको विस्तारित सेवा केन्द्र मुग्लिनमा कार्यरत २ अहेव मध्य १ जना मात्रै भेटिएको र इच्छाकामना ४ कुरिनटारमा रहेको दारेचोक स्वास्थ्य चौकीमा केही स्वास्थ्यकर्मी अनुपस्थित रहेको भेटिएको थियो । अनुगमनका क्रममा स्वास्थ्य संस्थामा अनुपस्थित रहेका स्वास्थ्यकर्मीलाई फोन गरी तत्काल काममा आउन र आगामी दिनमा अनावश्यक विदामा नबस्न अध्यक्ष गुरुङले निर्देशन दिनुभयो ।
अनुगमनका क्रममा सरकारले निःशुल्क उपलब्ध गराएका झण्डै ७० प्रकारका औषधि मध्य इच्छाकामनामा २२/२३ प्रकारका मात्रै औषधि उपलब्ध भएको भेटिएपछि उहाँले बाँकी औषधि खरिद गरी निःशुल्क उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई भन्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>