चितवन विशेष

चितवनको राप्तीमा लागुऔषध सहित दुई जना पक्राउ

Banner

चितवन,असार २२-

चितवन प्रहरीले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–६ पुरबारी क्षेत्रबाट प्रहरीले बुधबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले चितवनको खैरहनी नगरपालिका–१० का २१ वर्षीय निश्चल पौडेल र सोही ठाउँका २३ वर्षीय शिव राईलाई पक्रउ गरेको हो । प्रहरीले दुवै जनालाई लागुऔषध बिक्री गर्दै गरेको अवस्थामा फेला पारी चेकजाँच गर्दा निश्चल राईले साथमा बोकेको रातो सपिङ ब्यागमा प्रतिबन्धित लागुऔषध डाइजेपाम २४ एम्पुल, फेनार्गन २४ एम्पुल र ब्युप्रिन्युफिन २४ एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>