चितवन विशेष

एमाले युवा नेताले मन्त्री भेटेर निकुञ्जभित्रको भूमिगत तारको वैकल्पिक व्यवस्था गर्न माग गरे

Banner

चितवन,असार १९-

चितवन राष्ट्रिय निकुञ्जभित्रको भूमिगत तारको वैकल्पिक व्यवस्थाको माग गर्दै माडीका एमाले युवा नेताहरुले माग गरेका छन् । निकुञ्जखण्डमा भूमिगत तार राखेर माडीमा लगिएको विद्युत सेवा निकुञ्जभित्रको भूमिगत तार बेलाबखत बिग्रिदा माडीबासी पटक पटक विद्युत सेवाबाट वञ्चित हुनुपरेको छ ।

माडीका एमालेका युवा नेता विमल केसी, चितवन काठ्माण्डौ सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र कँडेल, सदस्य सागर अधिकारी सहितको टोलीले वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । माडीका युवाहरुले वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । माडीको विकासमा देखिएका समस्याबारे समेत मन्त्रीलाई युवा टोलीले जानकारी गराएको छ ।

निकुञ्जखण्डको भूमिगत तारमा खराबी आउँदा झण्डै ५ दिनसम्म विद्युत सेवाबाट वञ्चित हुनुपरेकाले वैकल्पिक विद्युत लाइन निर्माणका लागि पहल गर्न मन्त्रीको ध्यानाकर्षण गराएका छन् । “वैकल्पिक तार व्यवस्थाका लागि आवश्यक पहल गर्ने आश्वासन पाएका छौँ”, एमालेका युवा नेता विमल केसीले भन्नुभयो, “भूमिगत तारको व्यवस्था गर्न मन्त्रालयले सहजीकरण गर्ने मन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ ।”

सो टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र सरोकार समिति अध्यक्ष दिलकुमारी रावल पार्वतीलाई समेत माडीका समस्याबारे जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>