चितवन विशेष

जलविरेमा ३ ट्रक एकआपसमा ठोक्कियो

Banner

चितवन, असार १८-
मुग्लिन सडकखण्डको जलविरेमा ३ वटा ट्रक एक आपसमा ठोक्किएका छन् ।

ओभरटेक गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । मुग्लिन हुदै नारायणगढ आउदै गरेको ना ६ ख ६८५ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा सोहि दिशाबाट आएको ना ५ ख ९०५९ र विपरित दिशाबाट आएको प्रदेश २–०२–००१–६८२२ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी चालकभने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>