खैरहनी

अपांगमैत्री समाजको खाँचो छः उपप्रमुख अधिकारी

Banner

चितवन, असार १५–

भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले अपांगतामैत्री समाजको खाँचो रहेको बताएका छन्। अपांगता भएका व्यक्तिहरुलाई अवरोध गर्ने तत्त्वहरूलाई अनुसन्धान गरेर निर्मुल पार्न सकेको खण्डमा मात्रै अपांगतामैत्री समाज निर्माण गर्न सकिने उनको भनाई छ ।

अपांग समाज चितवनले आज (बुधबार) भरतपुरमा आयोजना गरेको अपांगता सहायक सामग्री वितरण कार्यक्रमको उद्वघाटन गर्दै उपप्रमुख अधिकारीले अपांगता भएको व्यक्तिको जिन्दगीमा सुधार ल्याउनु सजिलो कार्य नभएको पनि बताए। अर्थपूर्ण परिवर्तनले मात्रै अपांगतामैत्री घरको कल्पना गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रमा ६ जनालाई कृतिम हातखुट्टा वितरण गरिएको थियोे । जसअन्तर्गत एके खुट्टा २ वटा, बिके खुट्टा २ वटा र क्यालिपर ३ वटा गरि ७ थान अपांगता सामग्री वितरण गरिएको थियोे ।

कार्यक्रमलाई भरतपुर महानगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियोे । कार्यक्रम सस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>