खैरहनी

चितवनको खैरहनीमा डिलबाट चिप्लिएकी महिलालाई लदरी खोलाले बगाउँदा मृत्यु

Banner

चितवन,असार १४-

चितवनको खैरहनीस्थित लदरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आज (मंगलबार) ३ः१५ बजेको समयमा खैरहनी नगरपालिका ६ तुल्सिपुर स्थित लदरी खोलामा न्यूरो टिप्न जाने क्रममा रत्ननगर १४ माधवपुर घर भई खैरहनी नगरपालिका १ शाहीचोक बस्ने ३४ बर्षकी कल्पना श्रेष्ठ रिजाललाई खोलाले बगाएको हो । खोलाको डिलबाट चिप्लिएर लडेकी उनलाई खोलामा आएको बाढीले बगाएको थियो ।

घटनापश्चात पुगेको प्रहरी टोलीले घटनास्थल भन्दा १० मिटर तल बगाई खोलामा लास फेला पारेको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>