चितवन विशेष

चितवनमा धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या

Banner

चितवन,असार १३-

चितवनको माडी नगरपालिकामा छोराले खुर्पा प्रयोग गरि आमाको हत्या गरेका छन्। आज (सोमबार) दिउँसो सवा तीन बजे माडी नगरपालिका ६ स्याउलिवासका अर्जुन तामाङले ५५ वर्षकी आमा देवी तामाङको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, घरदेखि सय मिटरको दुरीमा पर्ने आफ्नै मकै बारीमा ३७ वर्षका तामाङले पछाडीबाट खुर्पा प्रयोग गरि हत्या गरेका थिए।

माडीको बसन्तपुर बजारबाट ८ किलोमिटरमा पूर्व दक्षिणमा घट्ना भएको हो। त्यहाँ अहिले इलाका प्रहरी कार्यालय माडीले तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए। शव तथा घटना स्थलको थप अनुसंधान भैरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>