इच्छकामना

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

Banner

चितवन,असार ४-

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् । शनिबार बेलुकी ५ः४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुनः पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५ः४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुनः सडक अवरुद्ध बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>