इच्छकामना

चितवनमा मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना,एकको मृत्यु

Banner

चितवन,जेठ २४-

चितवनमा कार, मोटरसाइकल र ट्याङकर ठक्कर खाँदा एकको मृत्यु भएको छ । । इच्छाकामना गाँउपालिका ४ रमाइलो डाँडामा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडिको साइड लाइटमा ठक्कर खाई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्वरको तेल बोक्ने ट्याङकरमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका ४ का सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि स्थानीयले केहीबेर सडक अबरुद्ध गरेका थिए । कार र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>