अपराध
भरतपुर ५ मा कटुवा पेस्तोलसहित एक जना पक्राउ
०

चितवन, २३ जेठ –
भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























