अटो

नारायणगढमा ‘यामाहा एफजेड एक्स’ सार्वजनिक

Banner

चितवन, जेठ १८–

यामाहा मोटरसाइकलको चितवनका लागि आधिकारिक विक्रेता नविन अटो सेन्टर नारायणगढले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

लायन्सचोकस्थित शो रुममा बुधबार आयोजित एक कार्यक्रमकाबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नयाँ मोडलको ‘यामाहा एफजेड एक्स’ मोटरसाइकल सार्वजनिक गरेका हुन् । सो क्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस मोटरसाइकल युवा वर्गले रुचाउनेमा विश्वास व्यक्त गरे । उनले मोटरसाइकलको प्रवद्र्धन र सडक सुरक्षामा बारेमा नविन अटो सेन्टरले खेलेको भूमिकाको प्रशंशा गरे । उनले यस मोटरसाइकलले सफलता हासिल गरोस् भन्दै शुभकामना दिए ।

कार्यक्रममा बोल्दै एमएडब्लू इन्टरप्राइजेजका एरिया सेल्स म्यानेजर दीपक शर्माले ‘यामाहा एफजेड एक्स’को फिचरको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा नविन अटो सेन्टरकी संचालक सुनिता कर्माचार्यले यामाहाका हरेक मोडलका बाइकलाई ग्राहकले मनाई रहेको भन्दै यस मोटरसाइकललाई पनि मन पराउनेमा विश्वास व्यक्त गरिन् । यस्तै नविन अटो सेन्टरकै डिभिजन हेड राजु स्वर्णकारले यस मोटरसाइकललाई रेट्रो लुक्स प्रदान गर्न फ्यूल ट्याङ्की, सिट, हेडल्याम्प जस्ता फिचर फरक दिएको जानकारी दिए ।

कम्पनीले ४ लाख २६ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री सुरु गरेको छ । करिब १० महिना अघि भारतमा विक्री सुरु भएको रेट्रो लुक्समा तयार भएको यो मोटरसाइकल एमएडब्लू इन्टरप्राइजेजले नेपालमा विक्री गर्ने पहिलो रेट्रो डिजाइन मोटरसाइकल हो ।

यसलाई यामाहाले एफजेड सिरिजमा नै तयार गरेको छ । तर, रेट्रो लुक्स प्रदान गर्न फ्यूल ट्याङ्की, सिट, हेडल्याम्प जस्ता फिचर फरक दिएको छ । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेडल्याम्प पाउन सकिन्छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३।३ एनएम टर्क प्रदान गर्छ ।

यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यसका अलावा एफजेडएक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>