इच्छकामना

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

Banner

चितवन,जेठ १८-

चितवनमा नम्वर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाँउपालिका ४ धारापानीमा नम्वर नखुलेको सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । मृतक पुरुषको पनि पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान ३ः४५ बजे सवारीसाधनले ठक्कर दिई मृत अवस्थामा पुरुष भेटिएको भन्ने खबर आएको थियो । घटना थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय मुल्निको प्रहरी टोली त्यसतर्फ गएको थियो । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ भने ठक्कर दिने सवारीसाधनको खोजी तीब्र पारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>