चितवन विशेष
पेट्रोलियम पदार्थको मुल्यवृद्धि: युवा संघ र अनेरास्ववियु कालिका नगरकमिटीद्वारा बिरोध प्रदर्शन
०

चितवन, जेठ ११-
पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धमा राष्ट्रिय युवा संघ र अनेरास्ववियु कालिका नगरकमिटीले पदमपुरमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कालिका नगरकमिटीको संयुक्त आयोजनामा विहिबार बेलुका ७ बजे प्रधानमन्त्रीको पुत्ला दहन गरेर राके जुलुस सहित प्रदर्शन गरिएको हो ।
कालिका नगरकमिटीका अध्यक्ष निर्मल धितालका अनुसार बिरोध प्रदर्शन कार्यक्रम पदमपुरको सृजना चोक हुँदै हाइस्कुल चोकमा गएर सम्पन्न भएको थियो । पटक पटक भएको चर्को मूल्य वृद्धि फिर्ता गर, भन्ने नारा लगाउँदै प्रदर्शन गरेको उनले बताए ।
इन्धनको आयात बर्सेनि औसत १४ देखि १५ प्रतिशतले बढ्दो क्रममा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























