चितवन विशेष

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो,माडी ७ को अध्यक्षमा चन्द्रा बानियाँ निर्वाचित

Banner

चितवन,जेठ २-

चितवनमा एकीकृत समाजवादीले खाता खोलेको छ । माडी नगरपालिका ७ मा एकीकृत समाजवादीका उम्मेदवार चन्द्रा बानियाँ विजयी हुनुभएको छ । बानियाँले नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार बिष्णु आचार्य र राप्रपाका वडाध्यक्ष उम्मेदवार रामकृष्ण क्षेत्रीलाई झिनो मतान्तरले पछाडी पार्दै विजयी हुनुभएको हो । लामो समय नेकपा (एमाले)मा आबद्ध नेतृ बानियाँ एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएको थियो । उहाँले स्थानीय सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष एवं तात्कालीन नेकपा एमाले कल्याणपुर पार्टी अध्यक्षका रुपमा काम गरेको अनुभव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>