कालिका

चितवनको कालिका नगरपालिकामा एमालेको जीत सुनिश्चित छः उपाध्यक्ष बादल

Banner

चितवन,बैशाख २७-

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले नेकपा एमालेका उम्मेदवारहरूको जीत सुनिश्चित रहेको बताउनुभएको छ । नेकपा एमाले कालिका नगर कमिटीले आज पदमपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बादलले कालिकामा मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा लगायत सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरूको जीत सुनिश्चित भएको बताउनुभएको हो । पाँचदलीय गठबन्धनको नाममा भएको चुनावी मोर्चालाई जनताले अस्वीकार गरिसकेको भन्दै एमाले उपाध्यक्ष बादलले गठबन्धन भन्दा एमाले एक्लै शक्तिशाली बनेपछि गठबन्धनको सातो गएको समेत उहाँले बताउनुभयो । आज कालिकामा एमालेको पक्षमा उर्लेको जनसागरले पनि एमाले बलियो रहेको प्रमाणित भएको उहाँको भनाइ थियो ।

कालिकाको विकासमा एमालेले देखाएको बाटोलाई पूरा गर्न पनि एमालेकै नेतृत्व जरूरी रहेको भन्दै पूर्व गृहमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष बादलले जनताको मतलाई गठबन्धनको नामले रोक्न नसक्ने पनि दावी गर्नुभयो । परमादेशको आडमा गतिहिन शैलीले अगाडि बढेको सरकार र यसको नेतृत्वलाई जनताले तिरस्कार गरिसकेकाले गठबन्धन धरापमा पर्दै गएको समेत उहाँको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>