कालिका

चितवनको कालिकामा मोटरसाइकल र्‍यालीसहित एमालेको शक्ति प्रदर्शन

Banner

चितवन,बैशाख २७-

नेकपा एमालेले कालिका नगरपालिकामा आज शक्ति प्रदर्शन गरेको छ । नेकपा एमाले कालिका नगर कमिटीद्वारा आज पदमपुरमा जनसभा सम्पन्न गरिएको छ । जनसभामा हजारौ कालिकावासीको सहभागिता रहेको थियो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित जनसभामा २० हजार भन्दा बढी नगरवासीहरूको उपस्थिति रहेको एमाले कालिका नगर कमिटीले दाबी गरेको छ । शक्ति प्रदर्शनलाई नगरपालिकामा चासोको रुपमा हेरिएको छ ।

सो जनसभा हुनुपूर्व सिद्धि, शक्तिखोर, जुटपानी, खोलेसिमल, पदमपुर, लंकालाइन क्षेत्रमा बृहत मोटरसाइकल ¥याली पनि गरिएको थियो । सो ¥यालीमा ५ हजार भन्दा बढी मोटरसाइकल सहित कार्यकर्ताहरूको उपस्थिति रहेको एमालेले जनाएको छ । सो मोटरसाइकल ¥यालीपछि पदमपुरको भिमोदय माविको प्राङ्गणमा आयोजित सभामा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादलं) केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने ,कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी र उपमेयरका उम्मेदवार विमला लामा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>