कालिका

कालिकामा २५ वर्ष क्रियाशिल भई जनचाहना बुझेका मेयरका उम्मेदवार विनोद रेग्मी

Banner

चितवन,बैशाख २७-

चितवनको कालिका नगरपालिकामा नेकपा एमाले र गठबन्धनको बीचमा प्रतिस्पर्धा हुँदैछ । एमालेको तर्फबाट विनोद रेग्मी नगरप्रमुखको रुपमा उम्मेदवार रहनुभएको छ भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिवराम केसी नगरप्रमुखको उम्मेदवार हुनुहुन्छ ।

कालिका नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रेग्मीले कालिकामा भइरहेको घरदैलोमा देखिएका उत्साहजनक सहभागिताले आफ्नो जित निश्चित भएको बताउनुभयो । उहाँले आफूले २५ वर्ष लगातार कालिकाको भूगोलमा बसेर राजनीतिक र सामाजिक काममै मात्र निरन्तर क्रियशील रहेको बताउनुभयो । त्यस्तै, आफ्नो बानी सिधा बोल्ने र प्रष्ट विचार राख्ने निष्पक्ष व्यवहार देखाउने स्वभाव भएको रेग्मीको भनाइ छ ।

कालिकाको धेरै जनसंख्या र मतदाता भएको वडा नम्बर ६ मा वडाध्यक्ष भएर पाँच वर्ष काम गरि सफल वडाध्यक्ष भएको उहाँको भनाइ छ । स्थानीय पालिकाको काम गर्ने तरिका र शैलीका बारेमा अनुभव हासिल गरिसकेको रेग्मीले बताउनुभयो । कालिका नगरपालिकामा कार्यबाहक मेयर भएर पटक पटक काम गरिसकेका र नगरको नेतृत्व गर्न सक्ने पहिचान बनाएको बताउनुभयो ।

नगरभित्र आफूलाई आफैँले चिनाउँदै हिड्न नपर्नु र अरु कसैले चिनाइदिराख्नु नपर्ने गरी विगतदेखि नै यही भूगोलमा क्रियाशील काम गरेको बताउनुभयो । कालिका नगरपालिका स्थापना कालमा महत्वपूर्ण भूमिका खेलेको व्यक्ति हुनु र सर्वदलीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गरेर महत्वपूर्ण छलफलहरुमा नेतृत्वदायी भूमिका निर्भाह गरेको बताउनुभयो । कालिकामै जन्मेको, कालिकामै हुर्केको र आफ्नो जीवन विशुद्ध राजनीतिक र सामाजिक काममा कालिका नगरको लागि नै लगाएको रेग्मीको भनाइ छ ।

आफ्नो पार्टी एमाले बाहेकका पार्टीका कार्यकर्ता र शुभेच्छुकको सद्भाव प्राप्त भएको उल्लेख गर्दै रेग्मीले निर्वाचनको क्रममा भैरहेको भेटघाट र घरदैलो कार्यक्रममा स्वस्फूर्तरुपमा जनताको सहभागिता बढ्दै जानुले जित सुनिश्चित रहेको दाबी गर्नुभयो । कालिका नगरपालिकामा एमाले एक ढिक्का रहनु र नगरको पार्टी नेतृत्वको एकता समन्वय र सहकार्य महत्वपूर्ण भएको हुँदा आफूले जित्ने आधार बनेको रेग्मीको भनाइ छ । पूर्वअर्थमन्त्री एवं एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेसँगको सम्बन्ध राम्रो भएको र नेता पाण्डेको कालिकामा खास चासो रहनुले पनि आफूले जित्ने रेग्मीले बताउनुभयो ।

एमालेकै केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादलको समेत चासो रहनु, संघीय संसद कृष्णभक्त पोखरेलको कालिकामा सहभागिता बढ्नुलगायतका यावत कारणले जित्ने रेग्मीको भनाइ छ । कालिका नगरक्षेत्रका हरेक उमेर समूहका व्यक्तिहरुको आशिर्वाद प्राप्त भएको र विषेशगरी युवा पुस्ताको आफूप्रतिको आकर्षण बढेको बताउनुभयो । रेग्मीसँगै प्रतिस्पर्धामा रहेका केसीलाई गठबन्धनको साथ रहेका कारण २०७४ मा प्राप्त भएको मतको आधारमा केसी अगाडि देखिए पनि केसीको लागि कालिकामा मतको हिसाबले जति सहज देखिए पनि परिचयको हिसाबले थोरै असहज देखिएको छ ।

केसी परिवारको विरासत र कांग्रेसको राम्रो जनमतसँगै माओवादीको साथका कारण केसी कमजोर देखिनुभएको छैन । निर्वाचनमा जनअभिमत महत्वपूर्ण भएका कारण रेग्मी र केसीमध्ये को विजय हुन्छन् परिणामले मात्र बताउन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>