खैरहनी
खैरहनीमा गठबन्धनको उत्साहजनक घरदैलो

चितवन, वैशाख २३–
नेपाली काङ्ग्रेस सहितको गठबन्धनले आयोजना गरेको घरदैलोमा उत्साहजनक सहभागिता भइरहेको छ । शुक्रबार खैरहनीको वडा नं १२ मा भएको घरदैलोमा उत्साहजनक सहभागिता भएको हो । १३ वटा वडा रहेको खैरहनीमा आज वडा नं १२ मा गठबन्धनबाट मेयर पदका उमेदवार शशी कुमार खनियाँ र उपमेयर लक्ष्मी ढकालसहितका टोलीले घरदैलो गरिरहेको नेपाली काङ्ग्रेसका नगर सभापति गुणराज श्रेष्ठले जानकारी दिए ।
खैरहनी १२ को घरदैलो गर्दै मत माग्दै हिडेका मेयर पदका उम्मेदवार खनियाँ र उपमेयर पदको उम्मेदवार ढकालले मतदातालाई गठबन्धन प्रतीको आशा र भरोसा भएका कारण मत दिने विश्वास व्यक्त गरेका छन्।
३ हजार २९३ मतदाता रहेको खैरहनी १२ मा वडा अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको तर्फबाट केदार पन्त, वडा सदस्यहरुमा खुल्ला तर्फ श्याम प्रसाद रेग्मी, एकता चौधरील महिलातर्फ अनिता चौधरी र दलित महिला तर्फ श्रीमाया सार्कीले उम्मेद्बारी दिएका छन्। यस अघि सम्पन्न स्थानीय निर्वाचनमा वडा अध्यक्ष सहित सम्पुर्ण पदमा नेपाली काङ्ग्रेसका उमेदवारहरु विजयी भएका थिए।


























