खैरहनी

खैरहनीमा गठबन्धनको घरदैलो, १५ जना कांग्रेसमा प्रवेश

Banner

चितवन, वैशाख २२–

चितवनको खैरहनीमा गठबन्धनले घरदैलो अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा खैरहनी–१३ मा गरिएको घरदैलो कार्यक्रममै एमालेलगायतका पार्टी परित्याग गरि १५ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।

नेपाली काङ्ग्रेस प्रवेश गर्नेहरुमा कृपा घिमिरे ,सम्झना घिमिरे, सुनिता चौलागाईं, तिलकुमारी वि.क., शर्मिला चौलागाईं, दुर्गा कार्की, सिर्जना कट्टेल, जमुना नेपाली, उमा कट्टेल, रमा कट्टेल, सीता कट्टेल, उजेलि तमाङ्ग, विमला तमाङ्ग र साहिल शर्मा रहेका छन्।देशको परिवर्तन काङ्ग्रेस बाहेक अरुले गर्न नसक्ने भन्दै काङ्ग्रेसमा आबद्द भएको उनीहरुले बताएका छन्।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार शशी खनियाँ, माओवादीको तर्फबाट उपमेयर पदकी उम्मेद्वार लक्ष्मी ढकाल, वडा नं १३ का वडाध्यक्ष पदका उमेदवार सानोकाजी कुँवर सहित वडा सदस्य पदका उम्मेदवारहरु खुलातर्फ जीवन कार्की, रेमकुमारी श्रेष्ठ महिलातर्फ भिममाया तमाङ्ग र दलिततर्फ फुलकुमारी विकले विहीबार वडा नं १३ मा घरदैलो गरी वडाबासीहरुसंग मत मागेका हुन् ।

घरदैलोपछि आयोजित कार्यक्रममा मेयर पदका उम्मेद्वार खनियाँले कुमरोजमा पर्यटन प्रवर्द्धन र विस्तार गरि थप सम्भाब्यताको खोजी गरिदै यहाँको मुल समस्याको रुपमा रहेको मानव वन्यजन्तुको द्वन्द न्यूनीकरणमा आफ्नो मुख्य भुमिका रहने भन्दै सुकुमबासीलाई लालपूर्जा वितरण र बस्ती व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

उपमेयर पदका उम्मेद्वार ढकालले जनप्रतिनिधिले पाँच वर्षमा गर्न नसकेको काम आफुहरुले गर्ने संकल्पका साथ चुनाबी मैदानमा होमिएको बताए ।

वडाध्यक्ष पदका उम्मेद्वार कुवंरले पर्यटनको माध्यमबाट आयआर्जन र रोजगारी सृजना गर्न आफुहरु प्रतिबद्ध रहेको बताए। घरदैलोमा गठबन्धनका दलहरुका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

३२६१ मतदाता रहेको खैरहनी–१३ मा यसअघि सम्पन्न स्थानीय तहको निर्वचनमा वडा अध्यक्षसहित सम्पूर्ण पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>