खैरहनी

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानीय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो

Banner

चितवन, वैशाख २१–

पूर्वीचितवनको खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तिब्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँ र उप–मेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । सोही अनुरुप आज (बुधवार) खैरहनी नगरपालिका वडा नं. ६, ७ र १० मा गठबन्धनको घरदैलो अभियान सम्पन्न भएको छ ।

घरदैलो अभियान चलि रहँदा खैरहनी वडा नं. ७ का स्थानीयले भने अहिलेसम्म पनि सो वडामा वडा कार्यालय नहुँदा आफुहरुले सामान्य काम गर्न पनि वडा नं. ६ मा रहेको वडा कार्यालयमा जान परेकाले दुःख पाएको गुनासो पोखेका छन् । स्थानीयले ५ वर्षमा पनि सो वडामा वडा कार्यालय बन्न नसक्नु निकै दुःखको कुरा भएकाले अब बन्ने मेयर र उप–मेयरले भने सो वडामा वडा कार्यालय बनाउन लाग्नेमा आफुहरु आशावादी रहेको बताएका छन् ।

सोही क्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार खनियाँ तथा उप–मेयर ढकालले घरदैलो पछिको कोणसभालाई सम्वोधन गर्दै जनताका आवश्यकताहरुलाई बुझेर आफुहरुले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । मेयर पदका उम्मेदवार खनियाँले पुरानो पर्सा बजारको अव्यवस्थित पार्किङ्ग, कुचकुचे सामुदायिक वनमा पर्यटन प्रवद्धन, सरकारी जग्गाको संरक्षण गर्दै सकुम्बासी समस्याको निराकरण गर्न आफुहरु लागि पर्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाली कांग्रेसबाट खैरहनी वडा नं.६ मा वडा अध्यक्षमा रामेश्वर बर्तौला, वडा नं. ७ मा किरण चौधरी र वडा नं. १० मा चन्द्र बिक्रम चौधरीको उम्मेदवारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>