कालिका

कालिका नगरपालिका-११ मा एमालेको घरदैलो,बिपन्न चेपाङको मुहार फेर्ने प्रतिबद्धता

Banner

चितवन,बैशाख २०-

नेकपा एमालेका तर्फबाट कालिका नगरपालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मीले बिपन्न चेपाङको मुहार फेर्न, समग्र चेपाङ बस्तीको बिकास गर्न र समुन्नत कालिका बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन । आज कालिका ११ को रन्तेसमा आयोजित मतदाता भेट्घाट पछीको वडा सभामा बोल्दै मेयरका उम्मेदवार रेग्मीले चेपाङ तथा बिपन्नहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारको ग्यारेन्टी गर्ने बताएका छन ।

कालिकाको पहाडी बस्तीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने र समथर क्षेत्रलाई आधुनिकिकरण सहितको कृषिमा जोड दिईने समेत रेग्मीले बताए । समग्र कालिकाको बिकासको लागि आफू प्रतिबद्ध भएको समेत रेग्मीले बताए । सो कार्यक्रममा एमालेको तर्फबाट उपमेयरकि उम्मेदवार बिमला लामा, कालिका वडा नं.११ का वडा अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजा, स्थानिय नेता हरिबहादुर प्रजा, चन्द्रबहादुर तामाङ, प्रेमलाल प्रजा लगायतले मन्तव्य राखेका थिए ।

वडा पार्टी अध्यक्ष बिष्णुलाल प्रजाको अध्यक्षतामा भएको सो मतदाता भेट्घाट, घरदैलो तथा वडासभामा वडा सदस्यका उम्मेदवारहरु मिलन चेपाङ, लोकबहादुर चेपाङ, सितामाया चेपाङ लगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>