कालिका

कालिकामा एमालेको चुनावी अभियानः ११ वटै वडामा घरदैलो र कोणसभा

Banner

चितवन,बैशाख १९-

चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले चुनावी अभियानलाई तीव्र बनाएको छ । सोमबार कालिकाको ११ वटै वडामा घरदैलो र कोणसभा माहरु भएका छन् । कार्यक्रममा सयौं कालिकावासीहरु सहभागी भएका थिए ।

सोही क्रममा सोमबार कालिका–६ को खोलेसिमलमा वडा भेला सम्पन्न भएको थियो । सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, एमालेको मेयरका उम्मेदवार विनोद रेग्मी, उप-मेयरका उम्मेदवार विमला लामा एमाले नेता टीकाराज रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो । सोमबार नै कालिकाको वडा नं. ८ को देविटारमा मेयरका उम्मेदवार रेग्मी, उप-मेयरका उम्मेदवार लामा सहितको घरदैलो कार्यक्रम भएको थियो ।

उम्मेदवारहरुले वडाभित्रका मतदाताहरुलाई घर–घरमै पुगि मतदाताको समस्या बुझ्ने, राय सुझाव लिँदै मत मागेका थिए । सो कार्यक्रममा एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यस्तैगरि सोमबार नै कालिका-५ को पदमपुरमा पनि घरदैलो कार्यक्रम तथा कोणसभा गरिएको थियो । सो कार्यक्रममा नेकपा (एमाले) को मेयरका उम्मेदवार विनोद रेग्मी, उप-मेयरका उम्मेदवार विमला लामा, एमाले नेता जयचन्द्रप्रसाद चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>