खैरहनी

खैरहनीमा गठबन्धनको घरदैलो, मतदाताले गरे स्वागत

Banner

चितवन (खैरहनी), वैशाख १९–

चितवनको खैरहनी नगरपालिकामा सत्तागठबन्धनले घरदैलो अभियान सुरु गरेको छ । सोमबार वडा नं २ मा गठबन्धनका उमेदवारहरुले घरदैलो गरेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनियाँ र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार रोहिणी प्रसाद उप्रेतीसहितका उम्मेदवारहरुले घरदैलो गरेका हुन् । उम्मेद्वारहरुले आफ्नो प्रतिवद्धता जनाउँदै मत मागेका थिए ।

घरदैलोमा नेपाली कांग्रेसबाट वडा सदस्यका उमेदवारहरु युवराज बोगटी, आसि दराई, महिला सदस्य कमला खनाल र दलीत महिला सदस्य मिना विक पनि सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उमेदवारहरुलाई वडाबासीले स्वागत तथा आर्शिवाद दिदैँ समृद्ध खैरहनी निर्माणको लागि शशी खनियाँको विकल्प नभएको बताएका थिए ।

नगरको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको मेयर पदका उम्मेदवार खनियाँले बताए । खैरहनी–२ को रामकोला, सिमलघारी, चैनपुर, लदरी र कासिगाउँका वडाबासी मतदाताले गरेको स्वागत र हौसलासंगै आफुप्रती देखाएको विश्वासको कारण आफु जित नजिक रहेको खनियाँले बताए । ‘मतदाताबाट धेरै नै सकरात्मक जवाफ पाएका छौं, गठबन्धनलाई बहुमतले जिताउनेमा आशाबादी छौं’–खनियाँले भने ।

उपमेयर पदका उम्मेद्वार ढकालले पाँच वर्षको अवधिमा जनप्रतिनिधिले गर्न नसकेको विकासलाई पुरा गर्ने र यहाँका समस्यालाई समाधान गर्ने दृढ संकल्पको साथमा आफुले उम्मेद्वारी दिएको बताइन् । ‘हामी नगरबासीको जनचाहना बमोजिम काम गर्न मैदानमा आएका हौं’ उनले भनिन् ‘यसमा हामी प्रतिवद्ध छौं ।’

वडाध्यक्ष पदका उम्मेदवार रोहिणी प्रसाद उप्रेतीले कयर खोला र लदरी खोलाको ड्याक निर्माण, लदरी खोलामा पुल निर्माण, जनजिवन माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालन, खानेपानी विस्तार लगायतका समस्या समाधान गर्न आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरेका छन् ।

३४२५ मतदाता रहेको सो वडामा यसअघि पनि नेपाली काङ्ग्रेसले नै वडा अध्यक्ष लगायत सम्पूर्ण पदमा विजय हासिल गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>