चितवन विशेष

इच्छाकामनामा ट्याक्सी र ट्रक एक आपसमा ठोकिदा ५ जना घाइते

Banner

चिवतन, वैशाख १७-

चितवनको इच्छाकामनामा ट्याक्सी र ट्रक एक आपसमा ठक्कर खादा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ट्याक्सी चालक सहित सवार ५ जना घाइते भएका हुन् ।

आज विहान ९ः५० बजे चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार स्थिति पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख–१२१८ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको बा १ ज ११९ नम्बरको ट्याक्सी एक आपसमा ठक्कर खाएको थियो । दुबै सवारी साधन र ट्रक चालक प्रहरी चौकी इच्छाकामना कुरीनटारको नियन्त्रणमा रहेका छन् ।

घाइते हुनेमा ट्याक्सी चालक मकवानपुर बागमती गा।पा–९ बस्ने ३५ वर्षीय लिलाराम भुलन, सवार ४५ वर्षीय कुमार सिह घलान, ४६ वर्षीय नानीमाया तामाङ, दोलखा गौरीशंकर गा।पा–९ बस्ने ५२ वर्षीय सतमान तामाङ, ४२ वर्षीय समय तामाङ रहनुभएको छ । घाइते सबैको उपचारको लागि काठमाण्डौं पठाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>