देश/प्रदेश
नेपाल रेडक्रस सोसाइटी शाखामा चोरी
०

दाङ, वैशाख १५-
नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।
चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।
कक्षामा रहेका सबै दराज र लकरहरु फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























