चितवन विशेष
भरतपुरका वागी उम्मेदवार पौडेलको निवास पुगे गृहमन्त्री खाँण, उम्मेदवारी फिर्ता नलिने अडान
०

चितवन, वैशाख १५-
भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, उनकै निवासमा पुगेका छन् ।
बुधबार साँझ जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।
खाँणलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी दिएका पौडेललाई भेटन चितवन पठाएका हुन् । त्यस्तै राज्यमन्त्री उमेश श्रेष्ठ पनि बागी उम्मेदवार पौडेललाई भेट्न पुगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























