खैरहनी

खैरहनीमा एमाले अगुवा कार्यकर्ता भेला, १७ गतेदेखी घरदैलो

Banner

चितवन,बैशाख १४-

आगामी स्थानीय तहको निर्वाचनका लागि खैरहनी नगरपालिकामा नेकपा एमालेले निर्वाचन परिचालन कमिटिसहित विभिन्न कमिटिहरु गठन गरेको छ । बुधवार आयोजित अगुवा कार्यकर्ता भेलाले नेकपा एमाले केन्द्रिय कमिटि सदस्य जेएन थपलियाको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

त्यस्तै प्रदेश कमिटि सदस्य जनन्नाथ आचार्यको संयोजकत्वमा प्रचार प्रसार कमिटि,प्रदेश कमिटि सदस्य निलहरी थापाको संयोजकत्वमा आर्थिक कमिटि, सुनिता थपलियाको संयोजकत्वमा महिला परिचालन कमिटि,जिल्ला उपाध्यक्ष कमल पाठकको संयोजकत्वमा युवा परिचालन, युवा नेता स्वरुप सुयाँलको संयोजकत्वमा विद्यार्थी परिचालन,डोलवहादुर कार्कीको संयोजकत्वमा उद्योग र जिल्ला सदस्य भरत भण्डारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन कमिटि गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रिय सदस्य जेएन थपलियाले निर्वाचनका लागि एमाले युद्ध मैदानमा होमिएको भन्दै कुनै पनि उम्मेदवारलाई हार्ने छुट नभएको बताए । त्यसका लागि १३ वटै वडामा क्रियाशिल भएर लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनको भन्दा राम्रो नजिता ल्याउने गरि लाग्न केन्द्रिय सदस्य थपलियाको निर्देशन थियो । उनका अनुसार आगामी १७ गते देखि घरदैलो कार्यक्रम गरिने छ । नगर कमिटि अध्यक्ष पूर्ण वहादुर डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छत्रनाथ सुवेदीले स्वागत मन्तव्य तथा गोपाल परियारले कार्यक्रम संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>