Breaking News

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले पार्टी छोडे, पार्टीलाई कम्पनी बनाउन खोजेको आरोप

Banner

हेटौंडा, वैशाख १४-

नेकपा (एकीकृत समाजवादी) का मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदा पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।

‘पार्टीलाई सामूहिक होइन प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो । हामीले यस्तो गर्नका लागि एमालेमा विद्रोह गरेका थिएनौं,’ पोखरेलले भने । उनले अब एमाले प्रवेश गर्नेबारे अहिले कुनै तयारी नरहेको बताए ।

‘एमालेमा जान पनि सकिन्छ तर अहिले त्यस्तो तयारी छैन,’ उनले भने । पोखरेलले चालिस वर्षदेखि नेकपा एमालेको राजनीति गरेका थिए । गत वर्ष एमाले फुट्दा उनी एकीकृत समाजवादीमा गएका थिए ।

एकीकृत समाजवादीले वैशाख ३० गते हुने चुनाव हेटौंडा उपमहानगरमा मीनाकुमारी लामालाई मेयर उम्मेदवार बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>