खैरहनी

काँग्रेस खैरहनी नगर समिति सचिव इटनीद्वारा राजीनामा

Banner

चितवन,बैशाख १३-

चितवनको खैरहनी नगरपालिकामा नेपाली कांग्रेस खैरहनी नगर समिति सचिव टीकादत्त इटनीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उम्मेदवार छनौटको विषयलाई लिएर असन्तुष्ट बन्नुभएका नगर सचिव इटनीले मंगलबार पदबाट राजीनामा दिनुभएको हो ।

सचिव इटनीले नगर सभापति गुणराज श्रेष्ठलाई राजीनामा पत्र बुझाउनुभएको छ । इटनी खैरहनी २ का वडाध्यक्ष समेत हुनुहुन्छ । विसं २०७४ सालमा निर्वाचित भएर जनताको हितमा कामकाज गरिरहेको लोकप्रिय जनप्रतिनिधिहरुको अवमूल्यन भएको देखिन आएकाले असक्षम नेतृत्वको फिलतो निर्णयको साक्षी बनेर पार्टी हितमा कामकाज गर्न असमर्थ रहेको भन्दै सचिव पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

उम्मेदवार छनौट नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा निर्मित संसदीय बोर्डमा नगर कार्यसमितको सभापति समेत रहने व्यवस्था भएकोमा सभापतिको पटक पटक अनुपस्थित भई आफ्नो नगर क्षेत्रभित्र रहेको १३ वटा वडामा वडाध्यक्ष एवं सदस्यहरु क्षेत्रीय संसदीय बोर्डले छनौट गरी पठाइएकोमा उम्मेदवारको नाम अधिकांश वडाबाट अस्वीकृत भई नाम फेरबदल गरी उम्मेदवार दर्ता गराउनुपर्ने बाध्यत्मक स्थिति सिर्जना भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>