देश/प्रदेश

खोटाङमा कांग्रेस- माओवादी र जसपा- एसको अलग-अलग गठबन्धन

Banner

खोटाङ, १३ वैशाख-

खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार-चार जनाले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस(माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ ।

राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । सो गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको छ । रावाबेँसीमा जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति छ ।

१६ वैशाखभित्र छलफल गरेर जसपाबाट उपाध्यक्षकी उम्मेदवार बनेकी नेपाललाई मनोनयन फिर्ता गराउन लगाएर नेकपा एकीकृत समाजवादीका राईलाई उपाध्यक्ष छाड्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>