कर्णाली

कर्णालीमा मेयरमा चार महिलाको उम्मेदवारी दर्ता

Banner

सुर्खेत, १३ वैशाख-

कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् ।

रास्कोटमा नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ुभृकुटीु ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।

ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>