चितवन विशेष

जनमोर्चाको तर्फबाट रत्ननगरको प्रमुखमा इन्द्र पौडेल र उपप्रमुखमा चन्द्रकला क्षेत्रीको उम्मेदवारी

Banner

चितवन,बैशाख १२-

चितवनमा चुनावी गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाको तर्फबाट रत्ननगर नगरपालिकाको प्रमुखमा इन्द्र पौडेल र उप–प्रमुखमा चन्द्रकला क्षेत्रीले उम्मेदवारी दिएका छन् । उनीहरुले रत्ननगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर दिउँसो मनोनयन दर्ता गराएका हुन् । त्यस्तै रत्ननगरका विभिन्न वडामा पनि राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिएको छ ।

रत्ननगरपालिकाको वडा नम्बर १ बाट जनमोर्चाले छविलाल शर्मालाई वडाध्यक्षमा उठाएको छ । त्यस्तै वडा नम्बर ८ मा जनमोर्चाको तर्फबाट पदम प्रसाद वाग्लले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सदस्यमा तिलकराज पौडेल र ज्योति शर्माले मनोनयन दर्ता गरेको राष्ट्रिय जनमोर्चाले जानकारी गराएको छ । वडा नम्बर ९ को वडाध्यक्षमा सन्तोष ढकाललाई उठाएको छ ।

रत्ननगर नगरपालिका १० मा मनिराम नेपालीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । लक्ष्मीधर पाध्या, नारायण शर्मा र बोधकुमारी पौडेलले जनमोर्चाको तर्फबाट मनोनयन गराएको जनमोर्चाले जनाएको छ ।

वडा नम्बर १३ को अध्यक्षमा नरहरी पुरीले जनमोर्चाको तर्फबाट उम्मेदवारी दिनुभएको छ । त्यहाँबाट सितादेवी क्षेत्री र रोशन पुरीले सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>