देश/प्रदेश

विश्वदेवले कुटाइ पनि खाए मेयरको टिकट पनि गुमाए

Banner

गोरखा, वैशाख १२-

नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेको विश्वदेव श्रेष्ठले अन्तिममा टिकट गुमाएका छन् । उनले टिकट मात्रै गुमाएनन् कुटाइ पनि खाएका छन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै विरोधी कार्यकर्ताले हातपात गरेका थिए ।

यसअघि हालका मेयर राजनराज पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै कांग्रेस कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा तालबान्दी समेत गरेका थिए । विवाद बढ्दै गएपछि पन्तलाई नै उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>