देश/प्रदेश
टोखा मेयरमा विवेकशील साझाबाट लक्ष्मण सिटौलाको उम्मेदवारी
०

काठमाडौं, वैशाख १२-
टोखा नगरपालिकाको प्रमुखमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयन दर्ताको पहिलो दिन आइतबार नै उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको एक नम्बरमा दर्ता भएको छ ।
सुवास सिटौला प्रस्तावक र हरिकृष्ण श्रेष्ठ समर्थकमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
मनोनयन दर्ता गर्न उनी सांस्कृतिक झाँकीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । विवेकशील साझाका केन्द्रीय सदस्य समेत रहेका सिटौलाले आफूलाई जनसमर्थन प्राप्त रहेकाले चुनाव जित्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























