देश/प्रदेश

सप्तरीमा आइतबार सात सय ५५ जनाको मनोनयन दर्ता

Banner

सप्तरी, वैशाख १२-

स्थानीय तह निर्वाचनका लागि सप्तरीमा पहिलो दिन आइतबार सात सय ५५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

१८ वटा पालिकाको मेयरमा १८, उपमेयरमा १३, पालिका अध्यक्षमा २३, उपाध्यक्षमा २०, वडाध्यक्षमा एक सय ७०, सदस्यमाा दुई सय ७१, महिला सदस्यमा एक सय ३६, दलित महिला सदस्यमा एक सय २५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन सप्तरीले जनाएको छ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २६ जना, कञ्चनरुप नगरपालिकमा १५, खड्क नगरपालिकामा ६२, छिन्नमस्ता गाउँपालिकामा, ६२, डाक्नेश्वरी नगरपालिका ५२, तिरहुत गाउँपालिकामा ३९, बोदे बर्साइन नगरपालिकामा ८२ जनाले विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, महदेवा गाउँपालिकामा ७३, राजविराज नगरपालिकामा ८८, रुपनी गाउँपालिकामा ३३, बलान बिहुल गाउँपालिकामा ३०, विष्णुपुर गाउँपालिकामा ९६, शम्भुनाथ नगरपालिकामा २३, सप्तकोशी नगरपालिकामा १, सुरुङ्गा नगरपालिकामा ४६, हनुमाननगर कंकालिनी नगरपालिकामा १४ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका अनुसार राजगढ गाउँपालिकामा पहिलो दिन भने कुनै उम्मेदवारले मनोनयन दर्ता गराएनन्भ ।

आज दोस्रो दिन पनि मनोनयन दर्ता भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>