देश/प्रदेश
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादीको उम्मेदवारी दर्ता
०

सुर्खेत, १२ वैशाख ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता भएको छ । मेयर पदमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा ९वीएम०ले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले जितेको थियो । चौरजहारी नगरपालिकाका १४ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्रले, ३ वटा वडा कांग्रेसले र एउटा वडा नेकपा एमालेले जितेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























