देश/प्रदेश

नेपाली सेनाद्धारा कङ्गोमा १२ किलोमिटर सडक निर्माण

Banner

काठमाण्डौ, बैशाख १२-
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेको नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेको छ।

श्री नं २५ फिल्ड ९इन्जिनियरिङ गुल्म० ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको हो ।

गएको माघ १३ गतेबाट सुरु भएको सडकको निर्माणकार्य वैशाख ७ गते सम्पन्न भएको थियो । कङ्गोमा रहेको इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ बेञ्जामिन एलोङ्गा बोनीले सडकको शुभारम्भ गर्नुभएको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

साथै कार्यक्रममा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।

द्वन्द्वग्रस्त देश कङ्गोमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीबाहेक स्थानीय समुदाय लक्षित जनहितकारी कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>