देश/प्रदेश

पोखरामा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङ

Banner

कास्की, बैशाख १२-
नेकपा एमालेले पोखराको मेयर पदको उम्मेदवार फेरबदल गरेको छ । एमाले सचिवालय बैठकले यसअघि दीपक पौडेललाई मेयर टुङ्गो लगाएकोमा त्यसको दुई दिनपछि कृष्ण थापालाई उम्मेदवार बनाएको हो ।

गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर हुनुहुन्थ्यो । मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि पार्टी पङ्क्तिबाटै विरोध सुरु भएको थियो । यस्तै उपमेयरको पदमा दोहोरिएकी मञ्जुदेवी गुरुङले पार्टीको निर्णयप्रति आपत्ति जनाउँदै आउनुभएको थियो ।

उहाँले आइतवार सामाजिक सञ्जालमार्फत आफू उपमेयर नदोहोरिने घोषणा गर्नुभएको थियो । तर कृष्ण थापा मेयर र मञ्जुदेवी उपमेयर टुङ्ग्याएपछि आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुवै उम्मेदवारी दिन जाने तयारीमा रहेका एमाले कास्कीले जनाएको छ ।

यसैबीच, आफ्नो चरित्र हत्या गरिएको भन्दै दीपक पौडेलले आपत्ति जनाउनु भएको छ। उहाँले राजनीतिक जीवनकै अवमूल्यङ्न गरिएको भन्दै कानुनी उपचार खोज्ने बताउनु भएको छ ।

ढिलै भए पनि मेयरको टिकट दिइएकोमा कृष्ण थापाले भने खुसी व्यक्त गर्नुभएको छ । ुपार्टीले मलाई नै टिकट दिने निर्णय गरेको छ । ढिलै भए पनि निर्णय सच्यायो ु उहाँले भन्नुभयो।

सत्ता गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी० का धनराज आचार्यले उम्मेदवारी ‍दिँदै हुनुहुन्छ । तर उपमेयरमा अझै पनि नाम टुङ्गिएको छैन ।

नेपाली कांग्रेस कास्कीले पोखराको मेयर आफूले पाउनुपर्ने दाबी गरिरहँदा सत्तागठबन्धनका शीर्ष नेताले नै समाजवादीलाई मेयर दिएपछि कांग्रेस कास्की रुष्ट छ । हिजो बेलुका मात्रै निर्णय गरेर पोखराको हकमा केन्द्रकै निर्णय माने पनि कास्कीका अन्य ४ पालिकामा ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भन्दै गठबन्धन नगर्ने सार्वजनिक गरिसकेको छ ।

मनोनयनको दोस्रो तथा अन्तिम दिन आज दलहरु जसरी पनि नाम टुङ्ग्याउने कसरतमा छन् । पोखराको मेयरमा पहिलो दिन आज ११ र उपमेयरमा ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा साना दल तथा स्वतन्त्रका हुन् ।

पोखरा महानगरपालिका

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवारहरु
वडा न १स् सहारा प्रधान
वडा न २स् दीपक शाह
वडा न ३ स्विष्णु शन्कर ख्वाजु
वडा न ४स् मदन मुल्मी
वडा न ५ स् विष्णु बराल
वडा न ६ स् विष्णु भट्टराई
वडा न ७ स् किशोर बराल
वडा न ८ स् रुद्र नाथ बराल
वडा न ९ स् प्रेम गुरुङ
वडा न १०स् पवित्रा देवि गुरुङ
वडा न ११स् मीन बहादुर गुरुङ
वडा न १२ स् देश भक्त केसी
वडा न १३ स् वसन्त बराल
वडा न १४स् ढोल बहादुर गुरुङ
वडा न १५ स् तोरण बानियाँ
वडा न १६स् राजेश गुरुङ
वडा न १७ स् राधिका शाही योगी
वडा न १८ स् पुस्कल ब थापा
वडा न १९स् इमानराज पौडेल
वडा न २०स् गङ्गा बहादुर केसी
वडा न २१स् दिपक सुवेदी
वडा न २२स् प्रकाश गुरुङ
वडा न २३ स् शिवलाल पराजुली
वडा न २४स् रामचन्द्र थापा
वडा न २५स् तिर्थ बहादुर थापा
वडा न २६स् सूर्य भण्डारी
वडा न २७स् सूर्यमणि लामिछाने
वडा न २८स् बैन बहादुर गुरुङ
वडा न २९स् श्री प्रसाद गुरुङ
वडा न ३०स् सोमनाथ बास्तोला
वडा न ३१ स् चिरन्जीवी बन्जारा
वडा न ३२स् खेम पुन
वडा न ३३स् शिव प्रसाद आचार्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>