देश/प्रदेश

मनोनयनको दिन कांग्रेस मादीले टुंग्यायो आन्तरिक चुनावबाट उम्मेद्‌वार

Banner

पोखरा, वैशाख १२ –

नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिकाको उम्मेदवार मतदानबाट टुंग्याएको छ । धेरै आकांक्षी भएपछि पार्टीभित्रै मतदान प्रक्रिया अपनाइएको हो ।

मतदानबाट यसअघि २०७४ मा पराजित भएका देवीजंग गुरुङ नै अध्यक्षको उम्मेद्वार हुने भएका छन् । गाउँपालिका पार्टी कार्यसमितिको १४ सदस्यीय संसदीय बोर्डमा मतदान गरिएको हो ।

देवीजंग गुरुङ, अर्जुन गुरुङ र लेखबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको थियो । देवीजंगको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>