देश/प्रदेश
चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा
०

काठमाडौं, वैशाख १२ –
नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान- २०२२’ को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।
यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।
बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्, जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।
हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।
तस्बिर सौजन्य : नेपाली सेना न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























