चितवन विशेष

सामाजिक अभियान्ता अर्जुन भुसालले माडीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

Banner

चितवन,बैशाख ११-

चितवनका चर्चित सामाजिक अभियान्ता अर्जुन भुसालले माडी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् । उनले आज (आइतबार) फेसबुक मार्फत मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । विभिन्न संघसंस्थामा आबद्ध भएर उनले सामाजिक काम गर्दै आइरहेका छन् । उनले गरिब तथा विपन्नको उद्धार र राहत वितरणमा उल्लेख्य योगदान पु¥याएका छन् ।

माडी नगरपालिका–४ का स्थिाई बासिन्दा भुसालले युवाहरु नेतृत्वमा आउनुपर्ने मान्यताका साथ आफुले नगरप्रमुखमा उम्मेदवारी दिन लागेको नारायणी अनलाइनलाई बताए । उनले भने,‘माडी आफै सुन्दर नगरपालिका हो,यसलाई थप सुन्दर र विकसित बनाउन उम्मेदवारी दिने निर्णय गरेको छु ।’ उनले सबै युवाहरुको साथ लिएर अगाडी बढ्ने भन्दै सम्पूर्ण माडीबासीको माया र सद्भाव आफुले पाउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>