नवलपुर

गैडाकोटमा नेकपा एमालेले पुनः छत्रराज पौडेललाई उम्मेदवार बनाउने

Banner

नवलपुर,बैशाख ११-

नेकपा एमालेले गैंडाकोट नगरपालिकाको मेयरमा पुनः छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिए ।

पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गैंडाकोट नगरपालिकाको मेयरमा विजयी भएका थिए । उनले केही दिन अगाडि मेयर पदबाट राजीनामा दिइसकेका छन् । एमालेबाट मेयर पदका लागि जिल्ला उपसचिव यमुनाथ आचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाइएको थियो ।

उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । नेकपा एमाले र अन्य दलहरुबीच गठबन्धनको प्रयास भैरहेकाले उपमेयर पदको टुंगो नलागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>